Join our Channel

प्रचण्डको शान विगतको जस्तो रहेन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सडक आन्दोलनलाई अपरिहार्य बताउँदै सबै नेता र कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सदनमार्फत मात्रै अधिकार नआउने भन्दै फेरि संघर्षका लागि तयार हुनुपर्ने उल्लेख गरे।

दाहालले दलित ऐन र प्राधिकरण निर्माण मात्र पर्याप्त नभएको दाबी गर्दै भने, “बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुनुपर्छ। माथिबाट नियम बनाइदिने मात्रैले अधिकार पाइँदैन, शक्ति चाहिन्छ।”

उनले आफ्नो विगतको प्रभाव अहिले जस्तो नरहेको स्वीकार गर्दै जनयुद्धकालीन समय सम्झिए। “त्यो बेला म चुनावमा जान्दा जनमुक्ति सेनाका दुई गाडी अघिपछि राखेर जान्थें। अहिले त… छैन,” उनले भने।

दाहालले सेना पुनः गठन गर्ने कुरा आफूले नगरेको स्पष्ट गर्दै चाडपर्वपछि शान्तिपूर्ण सडक आन्दोलनलाई मुख्य रणनीति बनाउने बताए।

Leave a comment