Join our Channel

छतबाट खसेर १८ वर्षीय किशोरीको मृत्यु

छतबाट खसेर १८ वर्षीय किशोरीको मृत्यु

रत्ननगर नगरपालिका–६ स्थित पार्क साइट होटलको छतबाट खसेर एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ।
बुधबार राति घटेको उक्त घटनामा गम्भीर घाइते भएकी स्नेहा पाख्रिनको उपचारका क्रममा बकुहर अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टि गरेको छ।

अध्ययन भ्रमणका लागि चितवन आएकी किशोरी

प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार स्नेहा पाख्रिन सिन्धुलीको गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएको टोलीकी छात्रा थिइन्।

उनको स्थायी ठेगाना सिन्धुली, कमलामाई नगरपालिका–६ रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी

किशोरी कसरी छतबाट खसिन् भन्ने बारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
होटलका कर्मचारी, विद्यार्थी तथा शिक्षकहरूसँग विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment