Join our Channel

बारामा लागूऔषधसहित दुई महिला पक्राउ, ४४ ग्राम हेरोइन बरामद

बारामा लागूऔषधसहित दुई महिला पक्राउ, ४४ ग्राम हेरोइन बरामद

बारामा प्रहरीले शनिबार ४४ ग्राम प्रतिबन्धित लागूऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका–६ की ३५ वर्षीय सुशिलादेवी र पोखरिया नगरपालिका–७ की ३० वर्षीया पूजा देवी रहेका छन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दीपक बस्नेत र लागूऔषध नियन्त्रण ब्युरो पर्साका प्रहरी सहायक निरीक्षक गोपाल खड्का नेतृत्वको टोलीले जीतपुरस्थित ललका पुल नजिक पैदल आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये सुशिलादेवीको शरीरमा लुकाएर राखिएको अवस्थामा ४४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई हाल सिमरास्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ र दोषी फेला परे कानूनी कारबाही अघि बढाइने छ।

Leave a comment