Join our Channel

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ।

भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार,

  • साउन महिनामा रु ९ अर्ब २ करोड ९४ लाख ३४ हजार,
  • भदौ महिनामा रु ९ अर्ब ७० करोड ६३ लाख ९ हजार, र
  • असोज महिनामा रु ९ अर्ब २८ करोड ६७ लाख २० हजार राजस्व सङ्कलन गरिएको हो।

गत वर्ष जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट भन्सार कार्यालय क्षतिग्रस्त भएपछि केही समय कार्यालयले त्रिपालबाटै सेवा प्रवाह गरेको थियो।

अहिले भन्सार कार्यालयले पुनः सुचारु ढङ्गले राजस्व सङ्कलन कार्य अगाडि बढाइरहेको छ।
सञ्चारकर्मीहरूका अनुसार, व्यापारिक गतिविधि क्रमशः सामान्य बन्दै गएपछि राजस्व सङ्कलनमा निरन्तर सुधार देखिएको छ।

Leave a comment