
भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित गोन्द्रेङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
भरतपुरतर्फ आइरहेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल सवा चार बजेको समयमा अनियन्त्रित भएको थियो। मृत्यु हुनेमा गैंडाकोट नगरपालिका–१ का ४४ वर्षीय टंकप्रसाद थापा रहेका छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सवा चार बजेर ४४ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
मोटरसाइकल चालक २६ वर्षीय केशव घर्तीमगर घाइते भएका छन्। उनका अनुसार उनको उपचार हाल नयाँ मेडिकल कलेज भरतपुरमा जारी छ।
प्रहरीले दुर्घटनाको कारणको अनुसन्धान सुरु गरेको जनाएको छ।