Join our Channel

धरानमा विवादपछि खुकुरी प्रहार : एक किशोर घाइते

धरानमा विवादपछि खुकुरी प्रहार : एक किशोर घाइते

धरान उपमहानगरपालिका–११ चौतिसघरेमा बुधबार राति वादविवादका क्रममा धारिलो हतियार खुकुरी प्रहार हुँदा एक किशोर घाइते भएका छन्।

घाइते आयुस रम्तेल (१५) धरान–०५ का बासिन्दा हुन्। प्रहरीले जनाएको अनुसार सन्तोष भुजेल (१३), सोही वडाका बासिन्दाले सामान्य वादविवादपछि खुकुरी प्रहार गरेका थिए।

घाइते रम्तेलको दुवै हातको नाडीमा चोट लागेको छ। उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ।

इलाका प्रहरी कार्यालय धरानले खुकुरी प्रहार गर्ने सन्तोष भुजेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको डीएसपी भिषणबाबु राईले जानकारी दिएका छन्।

Leave a comment