Join our Channel

विराटनगरमा महेश बस्नेतमाथि रङ छ्यापिएपछि २ जना पक्राउ, सुरक्षा कडा

विराटनगरमा महेश बस्नेतमाथि रङ छ्यापिएपछि २ जना पक्राउ, सुरक्षा कडा

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा विराटनगर विमानस्थल परिसरमा रङ हान्ने प्रयास भएको छ। विमानस्थल नजिकै बस्नेत चढेको गाडीलाई लक्षित गर्दै प्रदर्शनकारीले बेलुनको लोला र रङ छ्यापेको प्रहरीले जनाएको छ।

बस्नेत आज बिहान १०:५० बजे श्री एयरको उडानमार्फत इटहरीतर्फ आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन आएका थिए। उनी विमानस्थल बाहिर निस्किएपछि केही युवाले नारा लगाउँदै दुर्व्यवहार प्रयास गरेका थिए।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवरविराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई पक्राउ गरिएको छ। बस्नेत उक्त स्थानबाट सुरक्षित रूपमा कार्यक्रमस्थल इटहरीतर्फ प्रस्थान गरिसकेका छन्।

प्रहरीले घटनापछि सुरक्षा व्यवस्था कडा बनाएको र अहिले स्थिति सामान्य रहेको जानकारी दिएको छ।

यसअघि पनि सिमरा विमानस्थलमा एमाले महासचिव शंकर पोखरेल र बस्नेतमाथि जेनजी अभियानका कार्यकर्ताले प्रदर्शन गरेका थिए। हालका निरन्तर विरोध गतिविधिले राजनीतिक वातावरण फेरि तातिएको देखिन्छ।

Leave a comment