
नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गरेको छ।
प्रज्ञा भवनमा बसेको केन्द्रीय कमिटीको बैठकले यो निर्णय गरेको हो।
प्रचण्ड संयोजकमा तोकिए
पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार आयोजक समितिको संयोजकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तोकिएका छन्।
बैठकले मंसिरभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ।
जेनजी युवाको सहभागिता बढाइने
महाधिवेशनमा जेनजी युवाहरूलाई अधिकतम सहभागी गराउने वातावरण बनाइने पनि बैठकले स्पष्ट गरेको छ।
पार्टी एकता र छलफल
त्यस्तै,
- समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता
- विचार मिल्ने पार्टीहरूसँग छलफल प्रक्रिया जारी राख्ने
निर्णय बैठकमार्फत भएको प्रवक्ता सापकोटाले जानकारी दिए।