Join our Channel

अब डाइभर्ट उडान भैरहवामै: नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थललाई वैकल्पिक बनायो

अब डाइभर्ट उडान भैरहवामै: नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थललाई वैकल्पिक बनायो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अब आफ्नो जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) प्रयोग गर्ने भएको छ।
अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा अवतरण असम्भव हुने अवस्थामा जहाज भारतका विमानस्थलतर्फ मोडिँदै आएका थिए।

निगमले मंसिर ३ गतेदेखि लागू हुने गरी भैरहवालाई ‘वैकल्पिक विमानस्थल’ (Alternate Airport) को रूपमा औपचारिक निर्णय गरेको छ।

डाइभर्टको नयाँ व्यवस्था– खर्च कटौती र समय बचत

टीआईएमा खराब मौसम, भीडभाड वा अन्य कारणले अवतरण सम्भव नभएको बेला जहाज भारत डाइभर्ट हुँदा

  • थप इन्धन खर्च
  • यात्रु असुविधा
  • उडान ढिलाइ
  • सञ्चालन खर्च वृद्धि
    जस्ता समस्या भइरहेका थिए।

निगमका अनुसार, अब देशकै अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा प्रयोग गर्दा उडान समय बचत, सञ्चालन सहजता तथा खर्चमा उल्लेखनीय कटौती हुनेछ।

पोखरालाई पनि वैकल्पिक विमानस्थलका रूपमा अध्ययन

निगमका प्रवक्ता अनिल घिमिरे का अनुसार, भैरहवापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लाई पनि सम्भावित ‘Alternate Airport’ को रूपमा अध्ययन गर्ने प्रक्रिया सुरु गरिएको छ।

यसले नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरमा वैकल्पिक उडान संरचना सुदृढ गर्न मद्दत पुर्‍याउने निगमको विश्वास छ।

Leave a comment