Join our Channel

२५ लाख धरौटीमा छुटे पूर्वमन्त्री मोहनबहादुर बस्नेत, टेरामक्स भ्रष्टाचारमा मुछिएको मुद्दा अझै चालु

२५ लाख धरौटीमा छुटे पूर्वमन्त्री मोहनबहादुर बस्नेत, टेरामक्स भ्रष्टाचारमा मुछिएको मुद्दा अझै चालु

टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दामा मुछिएका पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आइतबार बस्नेतलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी भ्रष्टाचार मुद्दाका कारण निलम्बित कांग्रेस सांसदसमेत हुन्।

आइतबार अदालतमा बयानका लागि उपस्थित भएका बस्नेतको थुनछेक बहसपछि उनी धरौटीमा छुटेका हुन्। उनलाई नेपाल दूरसञ्चार प्राधिकरण (NTA) का लागि टेरामक्स प्रविधिका उपकरण खरिदमा अनियमितता गरेको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले यस प्रकरणमा पूर्व कानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बस्नेतमाथि लागेको मुद्दा भने अझै कायम नै छ।

Leave a comment