
अर्थ मन्त्रालयले विदेशी लगानीको समन्वय सुदृढ गर्न नयाँ फोकल युनिट स्थापना गरेको छ। यस युनिटको उद्देश्य विशेषगरी विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउनु हो।
सहसचिव एवं मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय का अनुसार, विदेशी लगानीकर्ताका लागि आवश्यक सहजीकरण र समन्वय कार्यहरू यस युनिट मार्फत व्यवस्थित गरिनेछ। साथै, अन्य मन्त्रालय र सरकारी निकायसँगको समन्वयलाई थप सुदृढ पार्न पनि यसले भूमिका खेल्नेछ।
फोकल युनिटले विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा करसम्बन्धी विषयहरूमा आवश्यक समन्वय प्रदान गर्ने जानकारी मन्त्रालयले दिएको छ।
अर्थ मन्त्रालयको यो पहलले विदेशी लगानी प्रवाहमा सहजता र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।