Join our Channel

सुनको मूल्यमा आज ठूलो उछाल: एकैदिन २९ सयले बढ्यो, नयाँ दर कति?

सुनको मूल्यमा आज ठूलो उछाल: एकैदिन २९ सयले बढ्यो, नयाँ दर कति?

नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार १,३०० रुपैयाँले घटेको सुन आज पुनः २,९०० रुपैयाँले उक्लिएको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ पुगेको छ। शुक्रबार सोही सुन २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघअनुसार प्रतितोला चाँदी आज ३,१३५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबार ३,१०० रुपैयाँ थियो।

सुन–चाँदीको बजार लगातार उतार–चढाव भइरहेकाले उपभोक्ता तथा व्यवसायी दुवै सतर्क बनेका छन्। अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्यमा थप उतार–चढाव आउने विशेषज्ञको अनुमान छ।

Leave a comment