
आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गरेको छ। क्षेत्रगत आधारमा उच्च कर योगदान गर्ने कम्पनी तथा व्यक्तिहरूलाई यस वर्ष विशेष सम्मान प्रदान गरिएको विभागले जनाएको छ।
सबैभन्दा धेरै आयकर दाखिला गर्ने संस्थामा नेपाल दुरसञ्चार प्राधिकरण प्रथम रह्यो। एकलौटी फर्मको श्रेणीमा थर्ड आई इन्टरनेशनल, वस्तु निर्याततर्फ डावर नेपाल प्रालि, सूचना प्रविधि सेवातर्फ ओरिक्स नेपाल प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रालि सम्मानित भए।
क्षेत्रगत रूपमा सम्मानित प्रमुख करदाताहरू
- बैंकिङ तथा बीमा : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड
- स्वास्थ्य तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
- पर्यटन व्यवसाय : सोल्टी होटल लिमिटेड
- वस्तु व्यापार : भाटभटेनी सुपर मार्केट
- ऊर्जा उद्योग : भोटेकोशी पावर कम्पनी प्रालि
- रेमिट्यान्स तथा मनी ट्रान्सफर : आईएमई लिमिटेड
त्यस्तै, व्यक्तिगत आयकर श्रेणीमा राजबहादुर शाहलाई सबैभन्दा धेरै कर तिर्ने व्यक्तिका रूपमा सम्मान गरिएको छ।
कारोबारका आधारमा पुरस्कार
- ५० करोडदेखि १ अर्बसम्म कारोबार गर्ने : CDS & Clearing Limited (सिडिएस एण्ड क्लियरिङ)
- ५० करोडसम्म कारोबार गर्ने : भिएफ सर्भिसेज प्रालि
मूल्य अभिवृद्धि कर (VAT) तर्फ उच्च करदाता
२०७६ देखि २०८२ सम्म लगातार सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (VAT) दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भयो।
विशेष उद्योग श्रेणीमा युनिलिभर नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मानित गरिएको छ।
गत वर्ष उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयतर्फ आन्तरिक राजस्व कार्यालय बाग्लुङ सम्मानित भएको विभागले जनाएको छ।