
प्रधानमन्त्री सुशीला कार्कीले लगातारको वर्षाका कारण इलाम र अन्य स्थानहरूमा परेको विपद् र जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले दिवङ्गतको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले राहत र उद्धारमा अहोरात्र खटिने सबै व्यक्तिहरूको उच्च कदर र प्रशंसा पनि गरेकी छन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्,
“विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु।”
प्रधानमन्त्रीको यस अभिव्यक्तिले प्रभावित क्षेत्रका जनतालाई मनोबल र राहत कार्यमा संलग्न सबैलाई प्रेरणा प्रदान गरेको छ।