Join our Channel

देउवालाई शशांक कोइरालाको सुझाव — केन्द्रीय समिति विघटन गरी कार्यवाहक सभापति तोक्न आग्रह

देउवालाई शशांक कोइरालाको सुझाव — केन्द्रीय समिति विघटन गरी कार्यवाहक सभापति तोक्न आग्रह

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति विघटन गरी महाधिवेशनको तयारीका लागि कार्यवाहक सभापति तोक्न सुझाव दिएका छन्।

शनिबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टीलाई नयाँ नेतृत्व चयनतर्फ लैजान आवश्यक तयारी सुरु गर्नुपर्ने बताएका हुन्।

उनका अनुसार, “केन्द्रीय समिति विघटन गरी कार्यवाहक सभापति तोक्ने र उनले नियमित महाधिवेशनको मिति तय गर्ने” व्यवस्था गर्नुपर्छ भन्ने आफ्नो व्यक्तिगत भावना हो।

कोइरालाले भने, “महाधिवेशन आगामी मंसिर महिनाभित्र सम्पन्न गर्न सकिने सम्भावना छ, त्यसका लागि नेतृत्वले पहल गर्नुपर्छ।”

त्यसैगरी उनले निर्वाचनका लागि कांग्रेस तयार रहेको जनाउँदै अन्य दलहरूसँग पनि संवाद र सहकार्यको आवश्यकता रहेको बताए।

Leave a comment