Join our Channel

मोबाइल लुटपाटपछि फिरौती माग्ने ३ जना विराटनगरबाट पक्राउ

मोबाइल लुटपाटपछि फिरौती माग्ने ३ जना विराटनगरबाट पक्राउ

मोबाइल लुटेर फिरौती रकम मागेको आरोपमा मोरङको विराटनगरबाट तीन जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति भारतीय नागरिकसँग मिलेर योजनाबद्ध रूपमा मोबाइल लुटपाट गरी पीडितसँग फिरौती रकम मागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१६ निवासी १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी, र २३ वर्षीय मुकेश सरदार रहेका छन्। इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूका अनुसार उनीहरूले भारतीय नागरिक २२ वर्षीय गोलु सिंहसँग मिलेर उक्त आपराधिक कार्य गरेको आशंका गरिएको छ। घटनामा संलग्न भनिएका गोलु सिंह भने हाल फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार मोबाइल लुटिएपछि लुटिएको मोबाइल फिर्ता गरिदिने भन्दै पीडितसँग आर्थिक फिरौती मागिएको थियो।

Leave a comment