
भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।
प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै यस सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई दिएका छन्।
उनले लेखेका छन्,
“नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ। म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु।”
साथै प्रधानमन्त्री तोब्गेले आगामी सरकारसँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन्।
“हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु।”
यो बधाईले नेपाल-भुटानबीचको कूटनीतिक सम्बन्ध र मित्रता बलियो बनाउने संकेत दिएको छ।