Join our Channel

सुनको मूल्य एकैदिन २९ सयले बढ्यो, चाँदी पनि महँगियो

सुनको मूल्य एकैदिन २९ सयले बढ्यो, चाँदी पनि महँगियो

नेपालमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। अघिल्लो दिन आइतबार मामुली २ सय रुपैयाँले मात्र बढेको सुनको मूल्य आज एकैदिनमा २९ सय रुपैयाँले उक्लिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको बजार दर अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको छ।

सुन र चाँदीको आजको बजार मूल्य (२०८२ कात्तिक २० गते)

धातुआजको मूल्य (प्रति तोला)अघिल्लो दिनको मूल्यफरक
सुन (छापावाल)रु २,४१,५००रु २,३८,६००▲ रु २,९००
चाँदीरु ३,०६५रु ३,०१५▲ रु ५०

महासंघका अनुसार सुनको मूल्यमा भएको यो वृद्धि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्य र अमेरिकी डलरको प्रभावका कारण भएको हो।

सुनसँगै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रति तोला ३ हजार ६५ रुपैयाँमा पुगेको छ।

Leave a comment