
नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ।
बिहीबार सुनको मूल्य २ लाख ३६ हजार ३०० रुपैयाँ रहेको थियो। यसअनुसार, शुक्रबार सुनको मूल्य २ हजार ७०० रुपैयाँले वृद्धि भएको हो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य २ हजार ९८० रुपैयाँ थियो।