Join our Channel

हात्ती धपाउन राखिएको विद्युतीय तारले लियो एक जनाको ज्यान

हात्ती धपाउन राखिएको विद्युतीय तारले लियो एक जनाको ज्यान

झापाको कचनकवल गाउँपालिका–७ मा हात्ती धपाउनका लागि राखिएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफ्नै बारीको सुरक्षाका लागि राखिएको विद्युतीय तारमा करेन्ट लाग्दा ५७ वर्षीय किर्खनाथ खनालको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार खनालले खेतबारीमा बाली जोगाउनको लागि हात्ती धपाउने उद्देश्यले विद्युतीय तारबार बनाएका थिए। शनिबार बिहान बाख्रा चराउन गएका बेला उनी नै सो तारमा करेन्ट लागेर निधन भएको जानकारी प्राप्त भएको छ।

विद्युतीय तार प्रयोग गर्दा सुरक्षाका उपायहरूको कमीले यस्ता दुर्घटना भइरहेको बताइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a comment