Join our Channel

दश वर्षमा १४ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन आयात, रसुवागढी क्षेत्रमा थन्किए

दश वर्षमा १४ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन आयात, रसुवागढी क्षेत्रमा थन्किए

पछिल्ला दश वर्षको अवधिमा चीनबाट रसुवागढी नाका हुँदै १४ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। विद्युतीय सवारीको आयातमा तीव्र वृद्धि हुँदै जाँदा टिमुरे, घट्टेखोला र रसुवागढी क्षेत्रमा सयौँ सवारीसाधन थन्किन पुगेका छन्।

भन्सार प्रक्रिया समयमा सम्पन्न नगरेको कारणले आयातकर्ताले ल्याएका ती सवारीसाधनहरू रोकिएका हुन्। रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्र प्याकुरेलका अनुसार हालसम्म २ हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ र ती सवारीहरू काठमाडौंतर्फ पठाइसकिएको छ।

चीनबाट नेपालमा सवारीसाधन मात्र होइन, जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरण तथा कृषि उत्पादन पनि नियमित रूपमा आयात हुँदै आएको छ।

विद्युतीय सवारीसाधनको प्रयोगले वातावरणमैत्री यातायातलाई प्रोत्साहन दिने भए पनि भन्सार प्रक्रियामा भएको ढिलाइले आर्थिक र भौतिक समस्याहरू सिर्जना गरिरहेको छ। सरकारले आयात प्रक्रिया सहज बनाउने प्रयास गर्नुपर्ने आवाज उठ्न थालेको छ।

Leave a comment