Join our Channel

मापदण्ड विपरीत बिक्रीवितरण गरेको औषधि बरामद, फार्मेसी सञ्चालक पक्राउ

मापदण्ड विपरीत बिक्रीवितरण गरेको औषधि बरामद, फार्मेसी सञ्चालक पक्राउ

प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्रीवितरण गरेको औषधि बरामद गरेको छ।

टोखाको टोखा नगरपालिका-५, बसुन्धरा स्थित तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिबिना बिक्रीवितरण भइरहेकाले प्रहरीले छापा मार्दै बरामद गरेको हो।

बरामद औषधिमा समावेश छन्:

  • स्पेन लेखिएको ३८५ ट्याबलेट
  • एन्टिकोफ लेखिएको ७५० ट्याबलेट
  • प्रिगेबलिन लेखिएको १०० ट्याबलेट
  • प्रिगेबलिन क्याप्सुल एलपी २०० क्याप्सुल
  • प्रिगेमर ७५ १०० क्याप्सुल

प्रहरी जानकारी

वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाका अनुसार, उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका-८ का ४० वर्षीय प्रकाश गौतमले सञ्चालन गरेको पाइएको छ।

प्रहरीले औषधि व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्ड विपरीत बिक्री वितरण भएको पुष्टि गरेको छ।

Leave a comment