
काठमाडौं महानगरपालिकाले दुर्गम र स्वास्थ्य सुविधा अभाव भएका गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको छ।
मंगलबार पहिलो चरणमा देशभरका सातै प्रदेशका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको महानगरको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए।
उनका अनुसार स्थानीय तहबाट प्राप्त आवेदनको मूल्यांकन गर्दै मापदण्डको आधारमा सुविधासम्पन्न एम्बुलेन्स वितरण गरिएको हो। वितरणमा पारदर्शिता कायम गर्न विशेष प्राथमिकता स्वास्थ्य सेवा पहुँच नपुगेका क्षेत्रलाई दिइएको उनले बताए।
काठमाडौं महानगरका अनुसार आगामी चरणमा पनि आवश्यकता र मागअनुसार एम्बुलेन्स वितरणको प्रक्रिया निरन्तर जारी रहनेछ।