Join our Channel

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री कुलमान घिसिङ

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन्।

मन्त्री घिसिङले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उज्यालो नेपाल पार्टीमा आबद्ध र अध्यक्ष बनाउने तयारी भएको भन्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।

मन्त्री घिसिङका भनाइ

उनले भने,

“सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु।”

मन्त्री घिसिङले थपे,

“मसँग कुनै छलफल र सल्लाह नै नगरी दुषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु।”

Leave a comment