
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा भएको भयानक विस्फोट घटनाका दोषी जोसुकै भए पनि कसैलाई छोडिने छैन बताएका छन्। मोदी दुई दिने औपचारिक भ्रमणका लागि भुटान पुगेका छन्।
मोदीको दुःख व्यक्त
प्रधानमन्त्री मोदीले भने,
“हिजो साँझ दिल्लीमा भएको भयानक घटनाले सबैलाई दु:खी बनाएको छ। म प्रभावित परिवारहरूको पीडा बुझ्छु। आज सम्पूर्ण देश उनीहरूको साथमा उभिएको छ।”
मोदीले आफ्नो मन भारी भएको र त्यसकारण भुटान आएको समेत बताएका छन्।
अनुसन्धानको प्रतिबद्धता
मोदीले थपे,
“म यो घटनाको अनुसन्धान गर्ने सबै एजेन्सीहरूसँग, सबै महत्त्वपूर्ण व्यक्तिहरूसँग, रातभर सम्पर्कमा थिएँ। छलफलहरू चलिरहेका छन्। परिमाणहरू जुटिरहेका छन्। हाम्रा एजेन्सीहरू यस षड्यन्त्रको तल्लो तहसम्म पुग्नेछन्। यसको पछाडि षड्यन्त्रकारीहरूलाई छोडिने छैन।”
यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले पनि घटनाको सुक्ष्म अध्ययन हुने र दोषीलाई कुनै हालतमा नछोडिने बताएका छन्।
घटनाको विवरण
सोमबार साँझ दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कारमा विस्फोट हुँदा करिब ९ जनाको मृत्यु भएको छ।
घटनापछि देशभर सुरक्षा सतर्कता कडा पारिएको छ।