
नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। भारततर्फ मूल्य बढेर आएको कारण देखाउँदै निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेल–मट्टितेलको खुद्रा मूल्य समायोजन गरेको हो।
नवीनतम समायोजन अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ। ग्यासको मूल्य भने यसपटक यथावत् राखिएको छ।
नयाँ दरअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य १६१ रुपैयाँ, जबकि डिजेल तथा मट्टितेलको मूल्य १४७ रुपैयाँ पुगेको छ।
आयल निगमले मूल्य बढाउनुको कारण अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य तथा भारतबाट आयातिँदा लाग्ने लागत वृद्धि भएको बताएको छ। मूल्य समायोजनसँगै उपभोगका क्षेत्रमा पुनः खर्च बढ्ने अनुमान गरिएको छ।
