
फिलिपिन्समा आएको भीषण कालमेगी आँधी (Typhoon Kalmegi) ले देशभर ठूलो जनधनको क्षति पुर्याएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार हालसम्म ५२ जनाको मृत्यु, १३ जना बेपत्ता, र लाखौं मानिस विस्थापित भएका छन्।
आँधीसँगै आएको भीषण वर्षा र बाढीले देशका धेरै क्षेत्रमा डुबान र क्षति पुर्याएको छ।
सबैभन्दा बढी असर सेबु क्षेत्रमा
आँधीको सबैभन्दा ठूलो प्रभाव सेबु र आसपासका मध्य टापुहरूमा परेको छ।
सेबु क्षेत्रमा मात्रै दर्जनौंको मृत्यु र हजारौं घर बगाएको रिपोर्ट छ।
राहत सामग्री पु-याउने क्रममा सेबुको दक्षिणी मिन्डानाओ टापुमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
देशमा आपतकालीन अवस्था
फिलिपिन्स सरकारले आपतकालीन अवस्था घोषणा गर्दै उद्धार र राहत कार्य तीव्र बनाएको छ।
सेना, प्रहरी र स्थानीय स्वयंसेवकहरू बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
हजारौं नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ।
प्रत्येक वर्ष औसत २० वटा आँधी
फिलिपिन्समा प्रत्येक वर्ष औसतमा २० वटा आँधी–तूफान आउँछन्।
गत महिनामात्रै आएको अर्को आँधीले पनि ठूलो जनधनको क्षति पुर्याएको थियो।
विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण अहिलेका आँधीहरू अझ बढी शक्तिशाली र घातक हुँदै गएका छन्।