Join our Channel

प्रधानमन्त्री कप २०८२: आठौँ संस्करण चार स्थानमा, जनकपुर र पर्सामा खेल हुने

प्रधानमन्त्री कप २०८२: आठौँ संस्करण चार स्थानमा, जनकपुर र पर्सामा खेल हुने

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण यस वर्ष चारवटा स्थानमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार प्रेस विज्ञप्ति मार्फत तालिका सार्वजनिक गर्दै यस प्रतियोगिताका खेलहरू काठमाडौं, जनकपुर र पर्सामा हुने जानकारी दिएको छ।

तालिकाअनुसार काठमाडौंका दुई भेन्यु — त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमाथिल्लो मूलपानी मैदानमा पाँच/पाँचवटा खेल आयोजना गरिनेछ। बाँकी खेलहरू जनकपुरपर्सामा सञ्चालन हुने छन्। जनकपुरमा १७ खेल र पर्सामा १८ खेल हुने क्यानले जनाएको छ।

प्रधानमन्त्री कप २०८२ चैत्र ७ देखि २०८३ वैशाख ४ सम्म सञ्चालन हुने तयारीमा छ। यसअघि सम्पन्न सातौँ संस्करणको प्रधानमन्त्री कप विजेता नेपाल पुलिस क्लब बनेको थियो। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

यस्तै, जय ट्रफी लाइट कप क्रिकेट प्रतियोगिताको फाइनल पनि अघि सारिएको छ। फाइनल खेल नेपाल पुलिस क्लबत्रिभुवन आर्मी क्लबबीच चैत्र ३ देखि ५ गतेसम्म तीनदिवसीय ढाँचामा माथिल्लो मूलपानी क्रिकेट मैदान, काठमाडौं मा हुनेछ।

प्रधानमन्त्री कप र जय ट्रफी लाइट कपको सञ्चालनले यस वर्ष नेपालको पुरुष क्रिकेटमा रोमाञ्चक प्रतिस्पर्धा र दर्शकको उत्साह अझ बढाउने अपेक्षा गरिएको छ।

Leave a comment