Join our Channel

रौतहटमा लागुऔषधसहित दुई जना पक्राउ, थप अनुसन्धान जारी

रौतहटमा लागुऔषधसहित दुई जना पक्राउ, थप अनुसन्धान जारी

रौतहटको गुजरा नगरपालिका–३ मा आइतबार सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलका अनुसार, गुजराको जंगलशैया–सिम्री भित्री सडकखण्डमा खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा बारा जिल्लाको निजगढ नगरपालिका–८ का १८ वर्षीय नवबहादुर वाइवा (माइला) र १९ वर्षीय दावा योञ्जनलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट ट्रामाडोल ३०० पिस, निटाजेपाम १४० पिससहित डाइजोपाम, नुफिन, फेनेरागनलगायतका केही लागुऔषधयुक्त इन्जेक्सन पनि बरामद गरिएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले जानकारी दिए।

पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a comment