Join our Channel

उपचारका लागि देउवा दम्पती सिंगापुर प्रस्थान, कांग्रेसले जानकारी गरायो

उपचारका लागि देउवा दम्पती सिंगापुर प्रस्थान, कांग्रेसले जानकारी गरायो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। पार्टीका अनुसार देउवा दम्पती मंगलबार राति १० बजे सिंगापुर एयरलाइन्समार्फत सिंगापुर गएका हुन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवाले त्यतिबेला छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए। ती घटनामा देउवाको गर्दनमा १२ टाँका लगाइएको थियो।

नेपाली कांग्रेसले जानकारी दिएअनुसार थप उपचारका लागि उनीहरू सिंगापुर गएका हुन्। यसअघि असोज २८ गते सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले आफ्नो स्वास्थ्य कारणले उप–सभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

देउवाको स्वास्थ्य अवस्थाबारे पार्टीले निकट भविष्यमा औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

Leave a comment