Join our Channel

मेची पुलबाट ‘टुर दी मेची–महाकाली २०८२’ साइकल यात्रा सुरु, पाँच साइकल यात्रीको देशव्यापी अभियान

मेची पुलबाट ‘टुर दी मेची–महाकाली २०८२’ साइकल यात्रा सुरु, पाँच साइकल यात्रीको देशव्यापी अभियान

विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुरस्थित मेची पुलबाट ‘टुर दी मेची–महाकाली २०८२’ साइकल यात्रा सुरु भएको छ।

भद्रपुर साइकल समाजको आयोजनामा सुरु गरिएको यात्राको शुभारम्भ आज बिहान भद्रपुर–५ मेची पुलबाट गरिएको हो। यस यात्रामा पाँच जना साहसी साइकल यात्री — जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतो सहभागी छन्।

उनीहरूले पूर्वी सिमाना मेचीदेखि पश्चिमी सिमाना महाकालीसम्म साइकलमार्फत यात्रा गर्नेछन्।

भद्रपुर साइकल समाजका अध्यक्ष तथा सहभागी यात्री जीवनकुमार श्रेष्ठका अनुसार यो यात्राको उद्देश्य भद्रपुरका पर्यटन स्थलहरूको प्रवर्द्धन, साइकल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीवातावरण संरक्षणप्रति जनचेतना जगाउनु हो।

श्रेष्ठले बताएअनुसार, यात्राको मुख्य मार्ग पूर्व–पश्चिम राजमार्ग हुनेछ र उनीहरूले दैनिक करिब १५० किलोमिटर दूरी पार गर्ने लक्ष्य राखेका छन्।

यस अभियानमार्फत साइकल यात्रीहरूले स्वस्थ र हरित जीवनशैलीको सन्देश देशभर फैलाउने, साथै स्थानीय पर्यटन र वातावरणमैत्री यातायातको महत्वबारे जनचेतना जगाउने उद्देश्य लिएका छन्।

Leave a comment