Join our Channel

एमाले नेताहरूको उद्‍घोष: “पार्टीलाई छिट्टै पुरानै अवस्थामा फर्काउँछौं”

एमाले नेताहरूको उद्‍घोष: “पार्टीलाई छिट्टै पुरानै अवस्थामा फर्काउँछौं”

नेकपा (एमाले) का युवा नेताहरूले पार्टीलाई छिट्टै पुरानै अवस्थामा फर्काउने घोषणा गरेका छन्। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको तोडफोड र आगजनीपछि ध्वस्त भएको कार्यालय पुगेर उनीहरूले नियमित काममा फर्किएको सन्देश दिएका हुन्।

युवा नेता महेश बस्नेतले पार्टी गतिविधि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै भने,

“एमाले पुरानै अवस्थामा फर्किसकेको छ। अब हाम्रो ध्यान मिशन २०८२ को निर्वाचनमा हुनेछ, तोकिएको समयमा निर्वाचन हुनैपर्छ।”

बस्नेतले एमालेलाई कमजोर नठान्न चेतावनी दिँदै एक–दुई दिनभित्र काठमाडौंमा युवाहरूको विशाल जुलुस निकाल्ने बताए। साथै, संविधान दिवस (असोज ३ गते) पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना हुने जानकारी दिए।

अन्य युवा नेताहरूले जेनजी आन्दोलनका नाममा घुसपैठ गरेर तोडफोड र आगजनी गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्ने माग गरेका छन्।

भदौ २४ गतेको आगजनी र तोडफोडले एमाले पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको थियो।

Leave a comment