Join our Channel

दशैं २०८२: टीका लगाउने उत्तम साइत बिहान ११:५३ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजया दशमी टीका साइत सार्वजनिक गरेको छ। समितिका अनुसार, असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको छ।

साथै, समितिले अन्य महत्वपूर्ण साइतहरू पनि सार्वजनिक गरेको छः

  • देवी विसर्जन: असोज १६ गते बिहीबार बिहान ९:२३ बजे
  • घटस्थापना: असोज ६ गते सोमबार बिहान ९:१३ बजे
  • झण्डा फेर्ने साइत: असोज ७ गते मंगलबार बिहान ९:५३ बजे
  • फूलपाती (तुलजाभवानी यात्रा): असोज १३ गते आइतबार बिहान ७:१७ बजे

समितिका अनुसार देवीको टीका र प्रसाद ग्रहण गर्न साइत अनिवार्य नभए पनि टीका लगाउने उत्तम समय भने बिहान ११:५३ बजे नै मानिएको छ।

Leave a comment