Join our Channel

अमेरिकामा जन्मेर नागरिकता पाउने परम्परा सकिने, ट्रम्पलाई सर्वोच्चको साथ

अमेरिकामा जन्मेर नागरिकता पाउने परम्परा सकिने, ट्रम्पलाई सर्वोच्चको साथ
Getty Images

अमेरिकामा जन्मेर स्वतः नागरिकता पाउने चलन अब अन्त्य हुने भएको छ। अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा फैसला सुनाउँदै, सो परम्परालाई अन्त्य गर्ने बाटो खुला गरिदिएको छ।

पूर्व राष्ट्रपति ट्रम्पले अमेरिकी भूमिमा जन्मिने सबै व्यक्तिलाई स्वतः नागरिकता दिने परम्परालाई रोक्ने कार्यकारी आदेश जारी गरेका थिए। तर, त्यस निर्णयलाई तल्लो अदालतहरूले रोक लगाएका थिए। सर्वोच्च अदालतले अब भने ती तल्लो अदालतका आदेशहरूलाई खारेज गर्दै ट्रम्पको नीतिलाई अघि बढ्न दिने निर्णय गरेको छ।

बीबीसीका अनुसार, अदालतले भनेको छ, “तल्लो अदालतहरूले राष्ट्रव्यापी रूपमा ट्रम्पको नागरिकता नीतिलाई रोक्न सक्दैनन्। उनीहरूले आफ्ना निर्णयहरू पुनर्विचार गर्नुपर्छ।”

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो निर्णयलाई “ऐतिहासिक विजय” भनेका छन्। उनले यो आप्रवासन प्रणालीमा भइरहेको “ठगी” रोक्ने निर्णय भएको बताए। “अब हामी रोकिनु भएका नीतिहरू पुनः लागू गर्नेछौं,” उनले भने।

यो फैसलाले ट्रम्पका अन्य नीतिहरू कार्यान्वयन गर्न पनि बाटो खुला बनाएको छ। अब उक्त कार्यकारी आदेश एक महिनापछि कार्यान्वयनमा जानेछ। त्यस अवधिसम्म भने पुरानै नागरिकता व्यवस्था लागू हुनेछ।

ट्रम्पले यो निर्णय संविधान र कानुनी शासनको जीत भएको भन्दै, आफू अझ शक्तिशाली बनेको दाबी गरेका छन्।

Leave a comment