
इजरायलमा जारी अस्थिरता र बढ्दो द्वन्द्वको बीच, चीन सरकारले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छाड्न कडा आग्रह गरेको छ।
इजरायलस्थित चिनियाँ दूतावासले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आफ्ना नागरिकलाई हवाईमार्ग बन्द भएको कारण भूमि सीमाबाट, विशेषगरी जोर्डनको नाका हुँदै इजरायल बाहिरिनु अनुरोध गरेको हो।
ग्लोबल टाइम्सका अनुसार, इजरायली अधिकारीहरूले जोर्डन र इजिप्टसँगको सीमा खुला रहेको पुष्टिसमेत दिएका छन्। चीनले इजरायल र इरानबीचको बढ्दो तनाव, सर्वसाधारणमाथिको असर, र नागरिक हताहतको जोखिम बढ्दै गएको भन्दै नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गरेको हो।
चिनियाँ दूतावासको अपिलले स्पष्ट रूपमा भनिएको छ: “सुरक्षाको दृष्टिकोणले जोर्डनको बाटो प्रयोग गरी सकेसम्म चाँडो देश छोड्नुस्।”
हाल इजरायलको हवाई क्षेत्र बन्द भएकाले विकल्पको रूपमा भूमि मार्ग नै भरपर्दो माध्यम रहेको छ।