
स्याङ्जा जिल्लाको भालुपहाडमा बिहीबार बिहान गएको पहिरोका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहान ४ बजेदेखि पहिरो खसेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। लगातार पहिरो झर्ने समस्या र सडक मर्मतका लागि हालिने रातो माटोले यात्रा झन कठिन भएको स्थानिय आँधीखोला गाउँपालिका–३ विचारीचौताराका विष्णु पौडेलले बताएका छन्।
पोखरातर्फ र स्याङ्जा बजारतर्फ जाने गाडीहरूको चाप बढेकाले सयौं यात्रु बाटोमा अलपत्र परेका छन्।
स्थानीयवासीका अनुसार बाटो पन्छ्याउन डोजर (JCB) पठाउने भनिए पनि घटनास्थलमा अझै नपुगेको जनाइएको छ।
स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रमुख दधिराम न्यौपानेले एकतर्फी सवारी सञ्चालन गर्न तत्काल प्रयास भइरहेको र दिउँसोसम्म ग्राभेल राखी सडक सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिएका छन्।