Join our Channel

रामहरि खतिवडा भन्छन्: वर्तमान गठबन्धन २०८४ सम्म टिक्नै पर्छ

रामहरि खतिवडा भन्छन्: वर्तमान गठबन्धन २०८४ सम्म टिक्नै पर्छ

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले वर्तमान सत्ता गठबन्धनलाई आगामी २०८४ सालसम्म टिकाइ राख्नुपर्ने बताएका छन्।

बुधबार मात्रै राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका खतिवडाले ‘नागरिक फ्रन्टलाइन’को शृंखलामा प्रधानसम्पादक गुणराज लुइँटेलसँगको संवादमा आफ्नो धारणा राख्दै भने,

“यो गठबन्धन २०८४ सम्म टिक्नु पनि पर्छ। दुइटा ठुला पार्टीहरू असफल भए भने अरूबाट सफलताको बाटोमा जान सकिँदैन। हामीले अरूको हविगत पनि हेरेका छौँ। ‘टालाटुली बटुली’ गरेर मुलुक चल्दैन।”

उनले कसैले कराएर, गाली गरेर वा विरोध गरेर पनि मुलुक नचल्ने भन्दै गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

Leave a comment