Join our Channel

रवि लामिछाने जेलमा दुब्लाएको दाबी: प्रचण्डले सुनाए भैरहवाको पीडा

रवि लामिछाने जेलमा दुब्लाएको दाबी: प्रचण्डले सुनाए भैरहवाको पीडा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलमा दुब्लाएको बताएका छन्। ललितपुरको नख्खु जेलमा भेटघाटपछि उनले लामिछानेको स्वास्थ्य र मानसिक अवस्थाबारे टिप्पणी गरेका हुन्।

प्रचण्डले भने, “मेरो क्याबिनेटमा उहाँ दुई पटक गृहमन्त्री रहनु भएको थियो। अभिभावकको नाताले भेट गर्न गएको हुँ। भैरहवा पनि जान चाहेको थिएँ तर जान पाइनँ,”

उनका अनुसार लामिछानेले भैरहवामा आफूलाई “गोलघरमा राखेको जस्तो” अनुभव भएको र त्यहाँ ठूलो पीडा सहनुपरेको बताएका थिए। “यहाँ भैरहवाको भन्दा धेरै राम्रो छ,” प्रचण्डले लामिछानेको भनाइ उद्धृत गर्दै भने।

प्रचण्डले लामिछानेको कथन उद्धृत गर्दै थपे, “सरकारले प्रतिशोध साँधेको महसुस भएको छ। अदालतले तोकेको बिगो तिरे पनि सुविधा नपाएको गुनासो गर्नुभयो। कांग्रेस र एमालेको व्यवहारले भने उहाँलाई उल्टै फाइदा पुगेको छ भन्ने निष्कर्षमा पुग्नुभएको छ।”

यस घटनाले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ र लामिछानेको पक्षमा सहानुभूति बढेको देखिन्छ।

Leave a comment