Join our Channel

स्याङ्जामा दुई समूहबीच झडप, एक युवाको मृत्यु

स्याङ्जामा दुई समूहबीच झडप, एक युवाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका–५ बाहुनडाँडामा दुई समूहबीच झडप हुँदा ३२ वर्षीय ढालबहादुर थापाको गएराति मृत्यु भएको छ।

प्रहरीका अनुसार, वालिङ–७ केवेरेभञ्ज्याङमा स्थानीय र चापाकोटबासीबीच मोटरसाइकल पड्काएर चलाएको आरोपलाई लिएर झगडा सुरु भएको थियो। झडपमा गम्भीर घाइते भएका थापालाई प्राथमिक उपचारपछि गण्डकी मेडिकल कलेज, पोखरा रिफर गरिएको थियो। तर चिकित्सकले उपचारक्रममै राति साढे १ बजे उनलाई मृत घोषित गरेका हुन्।

जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ। पक्राउ पर्नेमा हरिनास गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाही रहेका छन्। उनीहरूलाई आज बिहान करिब ९ बजे वडा प्रहरी कार्यालय वालिङको हिरासतमा राखिएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र आवश्यक अनुसन्धान अघि बढिरहेको जनाएको छ।

Leave a comment