Join our Channel

यातायात व्यवसायी महासंघको चेतावनी: इम्बोस्ड नम्बर प्लेट निर्णय तत्काल कार्यान्वयन सम्भव छैन

यातायात व्यवसायी महासंघको चेतावनी: इम्बोस्ड नम्बर प्लेट निर्णय तत्काल कार्यान्वयन सम्भव छैन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ। महासंघका महासचिव डेकनाथ गौतमद्वारा आज जारी प्रेस विज्ञप्तिमा देशभरका यातायात कार्यालयमा आवश्यक प्रविधि र पूर्वाधारको अभावका कारण यो निर्णय तत्काल कार्यान्वयन असम्भव भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले सार्वजनिक तथा निजी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय कार्यान्वयनमा ल्याउने क्रममा आम विरोधका कारण रोकिएको कामलाई पुनः लागू गर्ने निर्णय न्यायोचित छैन।”

महासंघले सर्वोच्च अदालतको इम्बोस्ड नम्बर प्लेट सम्बन्धी फैसलालाई स्वागत गर्दै, व्यवसायीहरूले पुरानै नम्बरमा कर तिरेर कागजात नवीकरण गरिरहेकाले भौतिक पूर्वाधारबिना राजस्व असुली गर्नु अन्यायपूर्ण भएको जनाएको छ। साथै, सरकारले तत्काल जारी गरेको सूचनाको पुनःमूल्याङ्कन गर्न माग गरिएको छ।

Leave a comment