Join our Channel

पानीको सतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिए

पानीको सतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिए

सप्तकोशी नदीमा पानीको सतह बढेसँगै कोशी ब्यारेजका ३१ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २,२६,५६० क्युसेक पुगेको छ।

यसअघि आइतबार दिउँसो २ बजे मात्र प्रतिसेकेन्ड १,७४,३७५ क्युसेक पानीको प्रवाह हुँदा २३ ढोका खोलिएका थिए। तर, पानीको सतह लगातार बढ्न थालेपछि ५६ ढोकामध्ये अहिले ३१ ढोका सञ्चालनमा छन्।

कोशी ब्यारेजमा पानीको प्रवाह १,५०,००० क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधान रहेको छ। कन्ट्रोल रुमका अनुसार सोहीअनुसार रातो बत्ती बालिएको छ।

प्रहरी प्रवक्ता खतिवडाले पहाडी भेगमा भइरहेको लगातारको वर्षाका कारण जलसतह बढ्दै गएको जानकारी दिएका छन्। यसले तराई क्षेत्रमा बाढीको जोखिम बढाउने सम्भावना रहन्छ।

Leave a comment