
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले युवा आन्दोलनका कारण उत्पन्न अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै भदौ २५ र २६ गते दुई दिन धितोपत्र कारोबार स्थगन गरेको छ।
नेप्सेका प्रवक्ता मुरारी पराजुलीले लगानीकर्ता र कारोबार सदस्यहरूको अनुरोध अनुसार कारोबार रोकेको बताए। उनले भने, “हालको विषम परिस्थितिका कारण कारोबार स्थगन गर्न अनुरोध आएको थियो।”
युवा आन्दोलनको प्रभावले देशभर सामाजिक र राजनीतिक अस्थिरता बढाएको बेला नेप्सेले बजारको स्थिरता र लगानीकर्ताको सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ।
नेप्सेले लगानीकर्तालाई जानकारी दिएर बजारमा हुने सम्भावित जोखिमबाट बच्न सतर्क रहन सुझाव दिएको छ।
