Join our Channel

१६ शाखाबाट भाटभटेनीले सेवा पुनः सञ्चालन

१६ शाखाबाट भाटभटेनीले सेवा पुनः सञ्चालन

जेन–जी आन्दोलनको क्रममा आक्रमण र तोडफोडको निशानामा परेको भाटभटेनी डिपार्टमेंटल स्टोर्सले आफ्नो सेवा क्रमशः पुनः सञ्चालनमा ल्याएको छ।

कम्पनीले नेपालभरिकै १६ शाखाबाट सेवा सुरु गरेको जानकारी दिएको छ। सेवा आज भदौ २७ गते दिउँसो २ बजेदेखि बेलुकी ८:३० बजेसम्म उपलब्ध रहेको थियो।

सेवा उपलब्ध शाखाहरू

काठमाडौं उपत्यका: टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, युडब्लुटिसी, पाटन, कलंकी, राधेराधे, बलाजु।
उपत्यकाबाहिर: नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी, भैरहवा।

कम्पनीको सन्देश

भाटभटेनीले तोडफोड र क्षतिको बाबजुद ग्राहकको धैर्य र निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै, “हामी फेरि खुलेका छौँ” भन्दै सूचना जारी गरेको छ।

आन्दोलनको क्रममा देशभरका निजी उद्योग व्यवसाय र सुपरमार्केटमाथि आक्रमण भए पनि कम्पनीले अब नियमित सेवा क्रमशः सञ्चालनमा ल्याउने जनाएको छ।

Leave a comment