Join our Channel

चितवन जिल्ला अदालत सोमबारदेखि आंशिक खुल्ने

चितवन जिल्ला अदालत सोमबारदेखि आंशिक खुल्ने

जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको चितवन जिल्ला अदालत सोमबारदेखि आंशिक रुपमा खुल्ने भएको छ। आइतबार बसेको अदालतको आकस्मिक पूर्ण बैठक र सरोकारवालासँगको छलफलपछि यस्तो निर्णय गरिएको श्रेस्तेदार देवीराम भण्डारीले जानकारी दिएका छन्।

आंशिक रूपमा सञ्चालन हुने सेवा:

  • बन्दी प्रत्यक्षीकरण (Habeas Corpus)
  • म्याद थप
  • CDR (Call Detail Record)
  • आवश्यक पक्राउ पुर्जी जारी

नियमित मुद्दा सुनुवाइ र अन्य कामकारबाहीका लागि भने आवश्यक व्यवस्थापन गरेर पछि सूचना जारी गरिने अदालतले जनाएको छ।

आगजनी र क्षति:
अदालतका एक कर्मचारीका अनुसार मुद्दा अभिलेख राखिएका कोठा लक्षित गरी आगजनी गरिएको हो।

  • पुराना अभिलेखहरू जलेर नष्ट
  • कम्प्युटर हार्ड डिस्क चोरी, जसमा मुद्दा अभिलेखहरू रहेका थिए
  • योजनाबद्ध रूपमा अभिलेख मेटाउन आगजनी र चोरी गरिएको आशंका

जेन-जी आन्दोलनका क्रममा भएको यस तोडफोड र लुटपाटले महत्वपूर्ण दस्तावेज र सामग्री नष्ट भएका छन्, जसले भविष्यमा मुद्दा प्रक्रियामा चुनौती ल्याउने देखिएको छ।

Leave a comment