Join our Channel

जेनजी आन्दोलनमा लुटिएका सामग्री किनबेच गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनमा लुटिएका सामग्री किनबेच गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिद वा बिक्री गर्नेहरूमाथि कारबाही हुने भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान, बैंक र वित्तीय संस्थाबाट लुटपाट भएका सामग्री किनबेच गर्नेलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको हो।

ब्यूरोका अनुसार आन्दोलनमा ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य सामग्री, नगद, हातहतियार र अन्य जिन्सी सामान लुटपाट भई विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रचलित कानूनअनुसार कडा कारबाही हुने चेतावनी दिँदै CIB ले हाल अनुसन्धान तीव्र पारिएको जनाएको छ। साथै, यस्ता लुटिएका सामानहरूको खरिदबिक्री नगर्न र नगराउन सबैलाई अनुरोध गरिएको छ।

सुरक्षा निकायका अनुसार हाल लुटिएका सामग्रीको पहिचान र संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

Leave a comment