
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले वृद्धि हुँदै बन्द भएको छ। यसदिन नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेको हो।
नेप्से बढेसँगै ३२८ स्क्रिप्स का १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर खरिद–बिक्री भएका छन्। कारोबार रकम ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ पुगेको छ।
यसदिन सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। तीमध्ये सप्तकोशी डेभलपमेन्ट, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट र एसियन हाइड्रोपावर परेका छन्।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी युनिभर्सल पावरले १८ करोड, शिवम् सिमेन्टले १६ करोड, र हिमालयन रिइन्स्योरेन्सले १५ करोड बराबरको कारोबार गरेका छन्।
कारोबारमा सहभागी भएका मध्ये २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको मात्र घटेको छ। यसदिनका सबै १३ वटा समूह उपसूचकमा हरियाली देखिएको छ। विशेषगरी, हाइड्रोपावर र नन–लाइफ इन्स्योरेन्स समूहको उपसूचक ३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।