
नेकपा **माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले आफू अब पार्टीको अध्यक्षको रूपमा नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार पार्टीको केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू अब अध्यक्ष नभई महाविधेशन आयोजक समितिको संयोजक बनेको बताएका हुन्।
बैठक सफलतापूर्वक सम्पन्न
प्रचण्डले केन्द्रीय समितिको बैठक सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्।
पदाधिकारी र समिति भंग
शुक्रबार बसेको माओवादी केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।