Join our Channel

हमासले सार्वजनिक गर्‍यो आज रिहा हुने २० जीवित बन्धकहरूको सूची, बिपिन अझै अज्ञात

हमासले सार्वजनिक गर्‍यो आज रिहा हुने २० जीवित बन्धकहरूको सूची, बिपिन अझै अज्ञात

हमासको सैन्य शाखाले आज रिहा हुने तयारीमा रहेका २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ। यो अघिल्ला बन्धकहरूको रिहाइ जस्तै महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

सूचीमा ती २० जना बन्धकहरू समावेश छन्, जसको नाम पहिले नै वार्ता प्रक्रियाको भागको रूपमा इजरायललाई दिइएको थियो। उनीहरूलाई सम्झौताको अनुसार रिहा गरिने पुष्टि गरिएको छ।

नेपाली बन्धकहरूको अवस्था

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार, सूचीमा अपहरणमा परेका नेपाली नागरिक बिपिन जोशी र सैनिक तमिर निमरोदीरको नाम समावेश छैन। उनीहरूको अवस्था अहिलेसम्म अज्ञात रहेको बताइएको छ।

आज रिहा हुने २० बन्धकहरूको सूची

  1. एलकाना बोहबोट
  2. मातान आङ्ग्रेस्ट
  3. अविनाटन ओर
  4. योसेफ-हैम ओहाना
  5. एलोन ओहेल
  6. एभ्याटर डेभिड
  7. गाय गिल्बोआ-दलाल
  8. रोम ब्रास्लाभस्की
  9. गाली बर्मन
  10. जिभ बर्मन
  11. एटान मोर
  12. सेगेभ काल्फन
  13. निम्रोड कोहेन
  14. म्याक्सिम हर्किन
  15. एटान हर्न
  16. मातान जाङ्गाउकर
  17. बार कुपर्श्टेन
  18. डेभिड कुनियो
  19. एरियल कुनियो
  20. ओम्री मिरान

आजको बन्धक रिहाइले क्षेत्रीय शान्ति प्रक्रिया र मानवअधिकारको दृष्टिले महत्वपूर्ण कदम मानिन्छ। तर, नेपाली नागरिकहरूको अवस्था अझै अस्पष्ट रहँदा चिन्ता कायमै छ।

Leave a comment