Join our Channel

काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ कर्मचारी, १५ दिनभित्र आवेदन दिन सकिने

काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ कर्मचारी, १५ दिनभित्र आवेदन दिन सकिने

काठमाडौं महानगरपालिकाले करार सेवामा ४४ जना कर्मचारी माग गरेको छ।

करार सेवामा पदपूर्ति गर्न सूचना जारी गर्दै महानगरले योग्यता पुगेका इच्छुक नागरिकहरूले १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ।

बागमती प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९काठमाडौं महानगर सेवा करारमा कर्मचारी पदपूर्ति गर्नेसम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन आह्वान गरिएको हो।

महानगरले नगर प्रहरी जवान (अग्नि नियन्त्रक), हलुका सवारी चालककार्यालय सहयोगी पदका लागि आवेदन खुला गरेको जनाएको छ।

महानगरका अनुसार उक्त पदमा कुल ४४ जना कर्मचारी माग गरिएको छ। इच्छुक उम्मेदवारले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन फारम बुझाउन सक्नेछन्।

Leave a comment