Join our Channel

सुनको मूल्य घट्यो : एक तोला ६ हजार ९०० ले सस्तो, चाँदी पनि घट्यो

सुनको मूल्य घट्यो : एक तोला ६ हजार ९०० ले सस्तो, चाँदी पनि घट्यो

नेपाली बजारमा आइतबार सुनको मूल्यमा ६ हजार ९०० रुपैयाँको कमी आएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज सुनको भाउ घटेको हो।

शुक्रबार सुनको मूल्य ५०० रुपैयाँले घटेर एक तोला २ लाख ४९ हजार ७०० रुपैयाँ पुगेको थियो। तर आज नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम भएको छ, जबकि गत शुक्रबार ३ हजार २८५ रुपैयाँ थियो।

विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढाव र विदेशी मुद्रा दरले नेपाली बजारमा मूल्य घट्ने/बढ्ने प्रभाव पार्दछ।

Leave a comment